एक डोज मात्र लगाए पुग्ने जोन्सनको २१ लाखभन्दा बढी खोप नेपाल ल्याइयो

 पुस १, २०७८ बिहिबार ११:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल ल्याइएको छ ।

बिहान जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत जोन्सनको २१ लाख ७६ हजार ६ सय ५० डोज खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो।

यो खोप कुन उमेर समूहलाई कसरी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो ।

एक मात्रा लगाए पुग्ने भएकाले वैदेशिक रोजगारीमा जानेहरुको रोजाइमा जोन्सन एण्ड जोन्सनको खोप पर्ने गरेको छ । अन्य कम्पनीको खोप दुई डोज लगाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले जोन्सनको खोप वैदेशिक रोजगारीमा जानेलाई दिने योजना भए पनि अहिलेलाई उपलब्ध भएका जुनसुकै खोप लगाउन आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hashim Ansari

    Dec. 19, 2021, 9:08 p.m.

    राम्रो , मलाई पनि जोन्सन चाहिएको छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया