जर्मनीले नेपाललाई दियाे ४१ लाख मात्रा खाेप

 पुष १, २०७८ बिहीबार १५:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जर्मनीले नेपाललाई ४१ लाख मात्रा काेराेना भाइरसविरुद्धकाे खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज बिहीवार आयोजना भएको एक कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा. स्टेफन रसेकले मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २ सय ५० खोपको मात्रा हस्तान्तरण गर्नुभएको हो । तीमध्ये २१ लाख ७६ हजार ६ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन र १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना रहेका छन् ।  

हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षमाथिका बालबालिकालाई लगाइने बताउनुभयो । ५७ वटा जिल्लाका विद्यालयमार्फत यो खोप बालबालिकालाई लगाइने उहाँले बताउनुभयो । 

यसैबीच नेपालमा आजसम्म कुल जनसङ्ख्याको ३१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ३८ दशमलव २ प्रतिशतले पहिलो मात्रा कोभिडविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । लक्षित जनसङ्ख्याको पहिलो मात्रा खोप ५८ दशमलव २ प्रतिशत र पूर्ण मात्रा खोप ४७ दशमलव २ प्रतिशतले लगाएका छन् ।

सरकारले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिँदै आएको छ । खोप लगाउने कार्यमा सबैको साथ र सहयोग रहेको मन्त्रालयले जनाएको छ । सरकारले समयमा नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया