अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अरु विदेशी मुद्राको विनिमय दर
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ९७ जनाको नमूना परीक्षण गर्दा एक सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन् । थप दुई जनाले कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । अहिले नेपालमा पाँच हजार चार सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्षित समूहको ६० प्रतिशत मानिसले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिको जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा अहिलेसम्म ६० दशमलव एक प्रतिशत अर्थात एक करोड १९ लाख ७४ हजार पाँच सय ८८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै लक्षित समूहको ४८ दशमलव एक प्रतिशत अर्थात ९५ लाख ८२ हजार चार सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले लक्षित समूहको ५० प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज लगाउन शुरु गर्ने जनाएको छ । नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० मात्रा खोप प्राप्त भएकोमा दुई करोड १५ लाख ५७ हजार ८३ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।
सरकारले भोलिदेखि १२ वर्ष माथिका बालबालिकाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।