अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अरु विदेशी मुद्राको विनिमय दर
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाण्डौवासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाण्डौवासीलाई अस्थायी रुपमा भए पनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताउनु भएको हो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाण्डौबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताउनु भयो ।
‘काठमाण्डौवासीलाई यतिमात्रै म भन्न चाहन्छु कि, मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन् तत्काल अस्थायी भए पनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाण्डौवासीलाई खुवाउँछु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु' मन्त्री चौंधरीले भन्नुभयो, 'आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।