पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गोलबजार नगरपालिका–६ मा गएराति पौने ८ बजेतिर दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएका प्रहरीले जनाएको छ । झडपका क्रममा छुरा प्रहार हुँदा २६ वर्षका रामकुमार सदाको ज्यान गएको हो। सदाको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
झडपमा गम्भीर घाइते भएका निकेश सदाको उपचार भइरहेको छ । दुई पक्षका ६/७ जनाबीच झडप भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले जाँडरक्सी खाएर यत्तिक्कै झगडा गरेका हुन सक्ने प्रहरीले जनाएको छ ।
यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड आज बिहान केहीबेर अवरोध गरेका थिए । अहिले भने सामान्य रुपमै गाडी चलिरहेका छन् । घटना भएको ठाउँ वरपर प्ररहीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।