४७ सय मिटर उचाइको छुकुङ बस्ती जोगाउन पर्खाल लगाइयो

 पुष ६, २०७८ मंगलबार १६:०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – विश्वकै अग्लो ठाउँमा रहेको स्थायी बस्तीमध्येको एक सोलुखुम्बुको छुकुङ गाउँमा बस्ती सुरक्षाका लागि बाँध लगाउने काम सम्पन्न भएको छ । चार हजार सात सय मिटर उचाइमा रहेको बस्तीमा ६२ जना पर्यटन मजदुरले ४० दिन लगाएर काम गरेका हुन् ।

बस्ती छेउको नदीबाट बस्तीलाई जोगाउन एक सय ७० मिटर ग्याबिन पर्खाल र एक हजार दुई सय मिटर सुख्खा ढुङ्गाको पर्खाल लगाइएको पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । 

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कोष (यूएनडीपी) सँगको साझेदारी र पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनामार्फत काम सम्पन्न भएको लामिछानेले बताउनुभयो ।

परियोजनाले खुम्बु पासाङल्हामु गाउँपालिकासँगको समन्वयमा काम गरेको हो । छुकुङमा हिमपोखरी विस्फोट तथा हिमनदीमा बाढीको जोखिम रहेको बस्तीलाई जोगाउन पर्खाल लगाउने काम गरेपछि सुरक्षित महसुस भएको स्थानीयवासीले बताएका छन् ।

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरूलाई अल्पकालीन रोजगार उपलब्ध गराउन सुरु भएको परियोजना हो । परियोजनामार्फत अहिलेसम्म तीन हजार दुई सयभन्दा धेरै मजदुरले छोटो समय अर्थात् १० देखि ४० दिनसम्मको काम गरिसकेका लामिछानेले बताउनुभयो । 


तस्बिर साैजन्य : यूएनडीपी

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया