एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी छ : डा. भट्टराई

 पुष ७, २०७८ बुधबार १६:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवराेध गरिरहेकाे प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गर्नुभएको छ । 

आज बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा अवराेध गरिरहेकाे एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताउनुभएको हो । उहाँले एमालेले अब पनि संसद् बैठक चल्न नदिए नागरिक आफैँले दण्डित गर्ने दाबीसमेत गर्नुभयो । 

अध्यक्ष भट्टराईले महिनौँसम्म संसदमा अवराेध गरेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्कसमेत गर्नुभयो । गएकाे वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसदमा अवराेध गरिरहनु रहेको उहाँको भनाइ थियो । अध्यक्ष भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवराेध गरेर नभइ त्यहीभित्र तर्क/वितर्क गर्ने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको मर्म विपरीत, संविधानको विपरीत त हुँदै हो । उहाँहरूले स्वीकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । यसैलाई त उहाँहरूले जनताको बहुदलीय जनवाद भनेर स्वीकार गर्नुभएको छ । त्यो भनेको तर्क/वितर्क गर्ने, विरोध गर्ने तरिका हो । बैठक नै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो । संविधानलाई असफल पार्ने कुरा हो । यसले पनि केपी शर्मा ओली गएकाे पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो । उहाँहरू अहिले पनि त्यसैमा हुनुहुन्छ । अब सरकारले उहाँहरूलाई दण्डित गर्न मात्रै बाँकी छ । जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाइ थियो ।’ 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • गुरु निमा शेर्पा

    Dec. 22, 2021, 5:12 p.m.

    सहि हो

  •  0 Reply

तपाईको प्रतिक्रिया