अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् ।
मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ ।
लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो।
आउँदो सोमवार मङ्गलवारदेखि बादल लाग्ने अनुमान गरिएको छ । यस विषयमा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ । पानी परे पछि देशभर चिसो अझ बढ्ने छ ।
यस्तै, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको हो । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएकाे छ । यस्तै, कम पानी पर्दा हिउँदे कृषि बालीमा समेत असर पर्न सक्छ ।
विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो ।
यस्तै, आज देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।