शिक्षक सेवा आयाेगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार

 पुष ८, २०७८ बिहीबार १७:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयाेगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । 

आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताउनुभएको हाे । 

उहाँले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने बताउनुभयाे । मन्त्री पौडेलले पाँच वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताउनुभयो । उहाँले शिक्षक सेवा नियमावली मन्त्रिपरिषदबाठ पारित भइसकेको बताउनुभयो । 

मन्त्री पोडेलले भन्नुभयो, ‘शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर अपुग रहेको साढे १७ हजार शिक्षक दरबन्दी पूरा गर्न विज्ञापन खुला गर्ने तयारीमा सरकार रहेको छ । सरकारले शिक्षक अस्पताल बनाउने योजना पनि अगाडि बढाएको छ । शिक्षा ऐन नबेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी छन् । हरेक कुरा ऐनमा गएर अड्किने गरेको छ । त्यसैले शिक्षा ऐन बनाउनका लागि पनि मन्त्रालयले अगाडि बढेको छ ।’

मन्त्री पौडेलले बैठकमा सांसद्हरूले उठाएका एसईई परीक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयाे । उहाँले सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले यो विषयमा मन्त्रालयले कसैको दबाबमा काम नगर्ने बताउनुभयो । 

त्यस्तै मन्त्री पौडेलले प्रारम्भिक बाल शिक्षा पढाउने शिक्षकलाई ६ हजार रुपैयाँ तलबमा काम गर्न लगाउनु अन्याय भएको बताउनुभयो । उहाँले मन्त्रालय सरकारले श्रमिकलाई तोकेको तलब दिनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । मन्त्रालयले सरकारले तोकेको तलब दिने भनेर निर्णय गरेको तर केही पालिकामा लागू नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया