थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

 पुष ९, २०७८ शुक्रबार १६:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको छ । आज शुक्रवार बिहान आइपुगेको खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताउनुभयो ।  

सरकारले आउँदाे १३ गतेदेखि काठमाण्डौ उपत्यकाका तीनसहित आठ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपको एक लाख ६ सय २० डाेज गएकाे कात्तिक महिनाको दोस्रो हप्ता प्राप्त गरेको थियो ।

सरकारले प्रदेश नम्बर १ काे झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, र पर्सा, वाग्मती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा १२ देखि १७ वर्ष उमेर समूहका किशाेरकिशाेरीलाई फाइजर खाेप दिने जनाएकाे छ । यस्तै गण्डकी प्रदेशको कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशकाे रुपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिने जनाएको छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया