अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
जुम्ला – जुम्लामा चिसाेकाे समयमा पनि ओडारमै बस्दै आउनुभएका चेते कुलाललाई राहत दिइएको छ । १५ वर्षदेखि ओडारमै बस्दै आउनुभएका कुलाललाई न्यानो कपडा र आवश्यक खाद्यान्न दिइएको हो ।
जिल्ला प्रशासन, पालिका सरकारसहित सरोकारवाला निकाय ओडारमै पुगेर उनलाई राहत प्रदान गरेकाे हाे । निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, आईएनएफ नेपाल, अपाङ्ग पुनर्स्थापन तथा विकास केन्द्र जुम्लासहितका टाेली ओडारमै पुगेकाे हाे ।
सीवीएम नेपालको आर्थिक सहयोगमा आईएनएफ नेपालले चामल, खाद्यान्न, कम्बल, दाल, तेललगायतका सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक फालुराम चौधरीले जानकारी दिनुभयो ।
कुलाललाई रात पर्नेबित्तिकै कसरी न्यानो बनाउने र बिहान उठ्नेबितिकै के खाने भन्ने चिन्ता थियाे । उहाँ गएकाे १५ वर्षदेखि चन्दनननाथ नगरपालिका १ कुलालवाडामा रहेकाे ओडारमै बस्दै आउनुभएकाे छ ।
कुलाल लामाे समयसम्म ओडारमा बस्दै आए पनि अहिलेसम्म पालिकाकाे ध्यान पुगेकाे थिएन । पछि पत्रकार महासङ्घकाे जुम्लाले यसबारेमा प्रशासनसँग कुरा गरेपछि कुलालले राहत प्राप्त गर्नुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।