अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
प्रसारण लाइनको रुट सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका—४ मरुवामा झण्डै दुई वर्षदेखिको अवरोध हटेपछि टावर खडा गर्ने र तार टाँग्ने काम हिजो सकिएको हो । योसँगै आयोजनाको निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको सङ्ख्या ३०२ वटा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएको र अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।
प्रसारण लाइन चार्ज भएपछि त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ । साथै विद्युत् चुहावट पनि घट्नेछ । सोलुखुम्बुको तिङ्लामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भइ चार्ज भइसकेको छ ।
यो सँगै सिरहाको लहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न प्रयोग गरिनेछ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो ।
सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा पनि समस्या र अवरोध भोग्नुपरेको आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो । प्रसारण लाइन सञ्चालनमा आएपछि २३ दशमलव ५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना जोडिनेछ । यो प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।