माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच

 पुस १२, २०७८ सोमबार १२:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको छ ।

स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् ।  देशभरबाट छानिएर आएका १ हजार ६ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुँदैछन्। प्रज्ञा भवन कमलादीमा मोओवादी केन्द्रको बन्दसत्र सुरु हुँदैछ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया