पूर्ण मात्रा खोप लगाउने १ करोड नाघे, २४ घण्टामै साढे ५ लाख जनाभन्दा धेरैलाई खोप

 पुष १२, २०७८ सोमबार १६:७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धकाे पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । आज साेमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो ।

यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामै थप पाँच लाख ६८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पाँच लाख ६८ हजार तीन सय १९ जनाले खोप लगाएको विवरण प्राप्त भएको छ । सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ । 

यस्तै २४ घण्टामा थप दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप दुई सय २५ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।

यही अवधिमा एक जनासहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८६ पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया