अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिमाली र उच्च पहाडी जिल्लामा हिमपात तथा तराईमा शीतलहरले मानव जीवनमा जोखिम बढाएकाले तत्काल राहत र उचित प्रबन्ध गर्न सात सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ ।
मन्त्रालयले सबै पालिकालाई आज बुधवार परिपत्र गरेर हिमपात तथा शितलहरबाट जोखिममा परेकाहरूका लागि सहयोग गर्न भनेको हो । परिपत्रमा चिसो मौसममा असहाय तथा विपन्न, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी लगायतका व्यक्तिहरूको सुरक्षाको आवश्यकताअनुसार खाद्यन्न तथा लत्ताकपडा वितरण गर्न, दाउरा तथा कम्बलकाे भण्डारण गर्न तथा वितरण गर्न भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।