भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो, तीन जनाको उपचार हुँदै

 पुष १५, २०७८ बिहीबार ९:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

भेरी अस्पताल नेपालगञ्जका कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोटको खाँडाचक्र नगरपालिका–४ का धर्मप्रसाद भट्टराईको परिवारका चार जनाको अस्पतालको क्वाटरमै ज्यान गएको हो ।

अस्पतालको क्वाटरमा गएराति कोइला बालेर सुतेका धर्मप्रसाद भट्टराई, उहाँका तीन महिनाका छोरा इप्सन, दिदी कोली भट्टराई र धर्मप्रसादकी सासु  कोकिलाको ज्यान गएको  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

उहाँकाअनुसार धर्मप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा दिवस र भाई नरेन्द्रको भने उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु कोठामा कोइला बालेका सुतेका थिए । झ्याल ढोका बन्द भएकाले निस्सासिएर चार जनाको ज्यान गएको हुन सक्ने प्रहरीले  जनाएको छ ।  

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया