अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा बिजुली गएको गयै गर्न थालेको छ । हिउँद लागेपछि केही ठाउँमा बिजुली जान थालेकोमा अस्ति मङ्गलवारदेखि भने धेरैजसो ठाउँमा बिजुली गएको हो ।
सूचनाविना नै घण्टौँसम्म बत्ती जाने गरेको उपभोक्ताले गुनासो गरेका छन् । केही ठाउँमा २० घण्टासम्म पनि बत्ती नआएको उपभोक्ताले बताएका छन् । अनामनगरमा हिजो बुधवार दिँउसो १ बजेपछि गएको बिजुली आज बिहान साढे १० बजे मात्रै आएको न्युज एजेन्सी नेपालका पत्रकार सबिन धमलाले बताउनुभयो । बिजुली नहुँदा कार्यालयको काम पूरै प्रभावित भएको धमलाको भनाइ छ ।
यस्तै हात्तीवनको सितापाखा क्षेत्रमा हिजो बेलुका ८ बजे गएको बिजुली बिहान १० सम्म नआएको गोरखापत्रमा काम गर्ने पत्रकार प्रकृति अधिकारीले गुनासो गर्नुभयो । विद्युतको कार्यालयमा फोन गर्दा ‘हामी मर्मत गर्दैछौँ’ भन्ने जवाफ पाउने गरेको तर मर्मत सम्पन्न गरेर बिजुली भने नआएको उहाँले बताउनुभयो ।
गौशाला, इमाडोल, चापागाउँ, स्वयम्भू, कीर्तिपुर, नेपालटार, नयाँ बानेश्वर लगायतका ठाउँका उपभोक्ताले पनि धेरै पटक बिजुली काटिएको गुनासो गरेका छन् । काठमाण्डौबाहिर पनि यस्ता समस्या देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले माग धेरै भएकाले यस्तो समस्या देखिएको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जाडोको समयमा १७ सय मेगावाटसम्म बिजुलीको माग रहेको बताउनुभयो । मागभन्दा आपूर्ति धेरै भए पनि पुराना ट्रान्सफर्मर, विद्युत् वितरण प्रणाली लगायतका कारण समस्या भएर बत्ती जाने समस्या बढेको उहाँको भनाइ छ । कतिपय ठाउँमा भने मर्मत गर्ने काम भइरहेकाले पनि बिजुली गएको भट्टराईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Dec. 30, 2021, 4:24 p.m.मेरो घर् सिनामङ्गल् एरियामा हिजो साँज् ८ बजे गयेको बत्ति आज बिहान् ११।१५ मा आयो त्यो पनि १५ मिनेट। फेरि गयो फेरि गयो फेरि गयो २ दिन मा १५ पटक जाने आउने गर्यो।
लोक
Dec. 30, 2021, 4:15 p.m.समय र् अवस्था अनुसार राजतन्त्रमानै बिकास भयकोथियो भनेर किन खुलेर बोल्दैन मिडिया? गणतन्त्रले के दियो ?