२४ घण्टामा २ सय ३५ जनामा काेराेना पुष्टि, ४ जनाकाे ज्यान गयाे

 पुष १६, २०७८ शुक्रबार १६:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ८४ जनाको नमुना परीक्षण गर्दा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई सय १२ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार नौ सय ५८ पुगको छ । 

यही अवधिमा चार जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा चार हजार आठ सय ७९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । 

यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार एक सय ५२ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४० लाख ३६ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया