अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – रासायनिक मल किन्दा भ्रष्टाचार गरेको आरोपमा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित कम्पनीकै विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दीप बुढाविरुद्ध एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय रुपैयाँको बिगो जरिबाना र हदैसम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरेको हो । उनीहरूले कम गुणस्तरको डीएपी मल खरिद गरी आर्थिक अनियमितता गरेको अख्तियारको आरोप छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडले विना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिएको अख्तियारले जनाएको छ ।
यस्तै गलत प्रतिवेदन तयार गर्ने/गराउने कार्यमा संलग्न नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, प्रयोगशाला निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्र कुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी र कम्पनी सर्भिसेसबीच संस्थाका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यसमेत दोषी रहेको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध पनि एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय छ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
यस्तै गुणस्तरहीन मल ल्याउने आपूर्तिकर्ता जोशी विज हाउसका विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Narayani nepal
Jan. 2, 2022, 6:50 p.m.अलि पहिले कहिले हो कुन्नि मल नल्याएर कार्यबाही नपरेका ढुवनी कर्ता ठेकेदार सैलुङ्ग हो कि के हो उन्लाई के भो त? सर्कार???