अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ६ जना सदस्य पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच/पाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक जना सदस्य पाउनेछन् । चुनावमा सत्ता गठबन्धनबीच सहमति भएकाले गठबन्धनकै उम्मेद्वारले जित्ने पक्का जस्तै छ ।
राष्ट्रिय सभा सदस्यको चुनावका लागि भोलि मङ्गलवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुने भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।
राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव हुने व्यवस्था छ । चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेश सभा सदस्यहरू पाँच सय ३२ जना , गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४ सय ९३ गरी जम्मा दुई हजार २५ मतदाता छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।