अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाण्डाैमा आज बुधवार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यालय रहेको 'आइडिया ग्रुप' गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्बर रहेको बताउनुभयो ।
‘भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बेङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ’, पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।
प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।