अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे सभ्यता, इतिहास र संस्कृति जोगाउन आवश्यक रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताउनुभयाे ।
'संस्कृति बचाऊ' अभियन्ताहरूसँग आज बुधवार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले देशका पूर्वजहरूसँग अरू कसैकाे तुलना हुन नसक्ने बताउनुभयो । उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरूले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचनसमेत दिनुभयो ।
अध्यक्ष ओलीले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले गुरुत्वाकर्षणकाे सिद्धान्त न्युटनले भन्दा हजारौँ वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गर्नुभयो । उहाँले अष्टवक्रजस्ता दार्शनिकहरूकाे चर्चा हुन नसकेको पनि भन्नुभयो ।
अध्यक्ष ओलीले थप्नुभयो, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गइहाल्छ । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाकाे एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरू एउटा झिल्कोबाट प्रमिथस भएर निस्के । हाम्रो ठाउँकाहरूलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि निभेर गयो । त्यस कारण हाम्रो ज्ञान चाहिँ पछाडि पर्याे । उनीहरूको ज्ञान अगाडि बढ्यो । अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्युटनले गुरुत्वाकर्षणकाे सिद्धान्त पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । पहिलाे दार्शनिक को थिए ? भन्दा शुकरात । शुकरातभन्दा हजारौँ वर्ष अगाडि अष्टवक्रजस्ता दार्शनिककाे कुरै छैन । त्यस कारण यो ज्ञानभूमि हो, हाम्रा पूर्वजहरूले एकदम ठिक भनेका छन्– यो ज्ञानभूमि हो, पुण्यभूमि हो, देवभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरूको सृजना, तिनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौँ । त्यसलाई जोगाउनुपर्छ ।’
अध्यक्ष ओलीले हाम्रो संस्कृतिले हामीलाई विषरहित भान्साको उपहार दिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।