अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताउनुभएकाे छ । आज बुधवार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाण्डाै आएका प्रतिनिधिसँगको भेटघाटमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयाे, ‘वास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिँदैन । तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटना भएका छन् । शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि अपराधिक सोच भएकाहरूबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरेकाे छ । त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकै पटक सम्भव छैन । नेताहरूले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरू सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’
कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताउनुभयाे । उहाँले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न समाजिक सङ्घ–संस्थाहरूको ठूलो भूमिका रहेकाले उनीहरूले सरकारसँग मिलेर समाजका विकृति, विसङ्गतिहरू समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे ।
राष्ट्रपति भण्डारीले बालबालिकाले सर्वाङ्गीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताउनुभयो । कतिपय सरकारी विद्यालयमा पूर्वाधार कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरूको वृत्ति र तालिमको समस्या रहेकाले त्यसलाई समाधान गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो । विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङ न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयाे । महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषसरह नै अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।