झापाको मेचीनगरमा आगलागी : सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो, १२ जना घाइते

 पुष २२, २०७८ बिहीबार ७:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अरु १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन् । घाइते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिनुभयो ।

सुशीला अधिकारी डिस्चार्ज हुनुभएको छ । आगो नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले निभाएका छन् ।
 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया