अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले काठमाण्डाै सहरको नयाँ 'भर्सन' आवश्यक रहेको बताउनुभएको छ । आज बिहीवार लगानी बोर्डको बैठकमा बोल्नुहुँदै उहाँले विकास काठमाण्डाै केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभइ दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याउनुभयो । ‘काठमाण्डाै सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्याे भने त्यहाँ सहर बन्दो रहेछ’, उहाँले भन्नुभयो, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’
मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भन्नुभयो ।
त्यस्तै जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत् आयोजना विशेष प्राथमिकतामा राख्न पनि मन्त्री शर्माले निर्देशन दिनुभयो । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले काठमाण्डाै–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । यसका लागि अध्ययन गर्न समेत उहाँले निर्देशन दिनुभयो । ‘काठमाण्डाै–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रुत गतिमा पुग्ने हुनुपर्याे’, उहाँले भन्नुभयो, ‘यो योजना तपाईँहरूको विशिष्टीकृत योजनामा हुनुपर्याे ।’
बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।