अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा, मकवानपुरले रहु र नैनी जातका माछाका ४० हजार भुरा नारायणी नदीमा छाडेको हो ।
जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आय-स्तर वृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताउनुभयो । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको थियो । यसपटक स्याङजाको काली नदी र कोशी नदीमा पनि माछाको भुरा छोड्ने तयारी भैरहेको यादवले जानकारी दिनुभयो । यसअघि मकवानपुरको सामारी नदीमा ३४ हजार माछाका भुरा छोडिएको थियो ।
खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ । नदी नालाको अध्ययन गरी कुन माछा संकटमा छ, त्यसका आधारमा भुरा छाडिँदै आएको केन्द्रले जनाएको छ । बोटे लगायत माछा मारेर जीवन निर्वाह गर्ने समुदायको आयस्तर विकास गर्न र पानीमा आश्रित गोहीसहित अन्य जीवका लागि पनि फाइदा पुग्ने मत्स्य प्रवर्द्धन केन्द्रका प्रमुख यादवले बताउनुभयो ।
नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको छ । देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको छ ।
तस्बिर/प्रकाश सिग्देल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।