काठमाण्डौको कपनमा एउटै कोठामा बसेका युवक र युवती मृत अवस्थामा भेटिए

 पुष २३, २०७८ शुक्रबार १०:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौको कपनमा एउटै कोठामा बसेका युवक र युवती मृत अवस्थामा भेटिएका छन् । गएराति कपनको शिवजी चोक नजिक युसिना राई घरको कोठामा मृत अवस्थामा र अमिश जिमि घाइते अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार कोठामा डाङ्गडुङको आवाज आएपछि फोडेर हेर्दा राई मृत अवस्थामा र जिमि घाइते अवस्थामा फेला परेका हुन् । घाइते जिमिको चाबहिलमा रहेको अस्पतालमा उपचारका क्रममा ज्यान गएको महाशाखाका प्रहरी उपरिक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उनीहरुको शरीरमा धारिलो हतियारको चोट देखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया