अनलाइनमार्फत हुने ठगीमा सचेत हुन सरकारको आग्रह : गैरकानुनी कार्य भएमा कारबाही हुने

 पुष २४, २०७८ शनिबार ६:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारबाही गर्ने भएको छ ।

आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समय अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फस्टाएकाे भन्दै गृह मन्त्रालयले त्यस्ता कार्य गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

अवैध क्रियाकलापबाट ठगी र असुरक्षा भएको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फस्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य भइरहेको उल्लेख छ ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा विभिन्न गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया