अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - बाँकेमा आज फेरि बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नं ६ अब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
थारु साथीहरुसहित बाँके राष्ट्रिय निकुञ्ज नजिकैको वनमा माघीका लागि पात टिप्न जानुभएको थियो । थारुलाई पात टिप्न गएको ५, ६ जनाको समूहकै बीचबाट झम्टिएर बाघले लगेपछि अरुले भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टकाे ज्यान गएको थियो । बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको जोखिम रहेको भन्दै बाँके राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।