अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
रसुवा - सङ्घीयता कार्यान्वयनपछि प्रयोगविहीन भएका रसुवाका सरकारी कार्यालयको व्यवस्थापन सुरु भएको छ । गाउँपालिकाको केन्द्र सदरमुकाममा नभएको र कार्यालय पनि खारेज भएपछि प्रयोगविहीन बनेका पाँच वटा कार्यालयको व्यवस्थापन सुरु भएको हो ।
महिला विकास कार्यालयको भवन सशस्त्र प्रहरीलाई, खानेपानीको भवन जिल्ला निर्वाचन कार्यालयलाई, पशुसेवाको भवन नापी कार्यालयलाई र भू–संरक्षणको भवन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ । तर भू–संरक्षण कार्यालय पुन प्रयोगमा आउनसक्ने देखिएपछि यसको थप व्यवस्थानबारे निर्णय हुन बाँकी छ ।
जिल्ला सदरमुकाम धुन्चेमा भाडामा बसिरहेका कार्यालयलाई स्थानान्तरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । भाडामा बस्दै आएका कार्यालयलाई खारेज भएका कार्यालयको भवनमा सारिएको हो ।
‘हामीले केही कार्यालयको व्यवस्थापन गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘भू–संरक्षण कार्यालयको भवनको निर्णय फाइनल गर्न बाँकी छ ।’ खानेपानी तथा भवन डिभिजनको लागि निर्माण भएको भवनमा भने जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को कार्यालय राखिएको थियो । भूकम्पपछिको पुनर्निर्माणका लागि आएका ती कार्यालय पनि अहिले हटिसकेका छन् ।
सङ्घीयताअघि जिल्ला सदरमुकाममा ३२ वटा सरकारी कार्यालय थिए । सेवाग्राहीको उच्च चाप हुने कार्यालयको सेवा पालिकामा पुगेपछि ती कार्यालय खारेज भएका थिए । विकास निर्माणको क्षेत्रमा काम गर्दै आएका कार्यालय पालिकामा समायोजन भए पनि अन्य कार्यालय सदरमुकाममा नै रहेका छन् ।
विशेषगरी न्यायिक निकाय, सुरक्षा तथा अनुसन्धान निकाय, आर्थिक निकाय तथा केही विशेष कार्यालयहरु रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।