पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण

 पुष २७, २०७८ मंगलबार १४:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरबारको पश्चिम मूलगेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गर्नुभयो । 

पृथ्वी जयन्तीको अवसरमा काठमाण्डाैसहित देशभरका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । त्यस अवसरमा काठमाण्डाैमा भने साँस्कृतिक झाँकीसमेतको र्‍याली प्रदर्शन गरिएको छ ।

र्‍यालीमा उपस्थित भएकाहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन् । उनीहरूले आफूहरू नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्वबोध हुने गरेको बताउँछन् । आफू नेपाली हो भन्नेहरूका लागि आजको दिनको ठूलो औचित्य रहेको उनीहरूको भनाइ छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्कसमेत र्‍यालीमा सहभागीहरूले गरेका छन् ।  

विक्रम संवत् १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया