अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – काेभिड १९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि काठमाण्डाै उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज मङ्गलवार बसेकाे बैठकले कोरोना सङ्क्रमणको जोखिम घटाउन आज राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको आदेशमा उल्लेख छ । सभा, सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।
यस्तै आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णय कार्यान्यन गर्ने पनि बैठकले निर्णय गरेको छ । भौतिक उपस्थितिमा पठनपाठन रोक्ने आदेशमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ ।
माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा, पार्कमा प्रवेश गर्दा खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । अर्काे सूचना नभएसम्मका लागि याे आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ ।
यस्ताे छ आदेश–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।