हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएको भन्दै चिन्ता व्यक्त

 पुष २८, २०७८ बुधबार १७:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरू र छिमेकी देशबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरू पाइने गरेकाले यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन् । 

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञ तथा वक्ताहरूले प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापी रूपमै बढ्दै गएको बताए । उनीहरूले आउने फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुने संयुक्त राष्ट्र सङ्घीय वातावरण सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई उठाउन सुझाव दिएका छन् । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवम् नियन्त्रणका कार्यहरूको कार्यान्वयनका लागि कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको जानकारी गराउनुभयो । 

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका प्रविधि अन्वेषण शाखा प्रमुख वैज्ञानिक डाक्टर रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया