अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गर्नुभएको छ ।
आज बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढङ्गले पार्टी सदस्यहरू मनोनित गरेको बताउनुभएको हो । उहाँले आउँदा दिनमा पार्टीलाई सडक र चुनाव दुवै मोर्चामा सशक्त ढङ्गले प्रस्तुत गर्ने पनि बताउनुभयो ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘मैले मनोनयन गर्ने कुरामा कुनै पनि पक्षपात, विभेद गरेको छैन । हिजो मलाई आन्तरिक प्रतिस्पर्धामा सहयोग गरेको/नगरेको कुरालाई आधार बनाएको छैन । आवश्यक र अनिवार्य व्यक्तित्वहरूलाई हामीले ल्याउने काम गरेका छौँ । करिब यसले पूर्णता प्राप्त गर्ने काम सुरु भएको छ । हामीले असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान्छौँ । आउँदा दिनमा राप्रपा सशक्त ढङ्गबाट अघि जान्छ । कुनै विवादमा अल्झिँदैन, अल्मलिँदैन ।’
अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दू राज्य पुनःस्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दासमेत लिएर अघि बढ्ने बताउनुभयो । उहाँले पार्टीमा मनोनयन सदस्यहरूको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताउनुभयो । उहाँले पार्टीमा महिलाको सङ्ख्यालाई संविधानअनुसार पूर्ण गरेर जाने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकाले अबका दिनमा यसलाई आफ्नो मूल मुद्दाको रूपमा लिइएको भए पनि जनताले पत्याउने ढङ्गको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।