निर्वाचन आयाेगले सर्वदलीय बैठक बाेलायाे

 पुस २८, २०७८ बुधबार १७:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले पर्सि शुक्रवार २९ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।

माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताउनुभयो । छलफलमा पालिकाको मिति घोषणाबारेमा छलफल हुने उहाँकाे भनाइ छ । 

आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयाेगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । आयोगका पदाधिकारीले गएको ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । विं.सं. २०७४ सालको वैशाख र असारमा पालिकाको चुनाव भएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया