सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृह मन्त्रालयकाे निर्णय

 पुष २८, २०७८ बुधबार १९:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेभिड १९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेकाे जनाएको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

मन्त्रालयले आज बुधवार निकालेकाे सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश पाउनेछन् ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया