अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
भक्तपुर – भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरुषको ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका १ लोकन्थली घर भइ काठमाण्डाैकाे कोटेश्वर बस्ने ३३ वर्षीय विराज खड्काको ज्यान गएकाे भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
खड्का हिजाे बुधवार राति साढे ९ बजेकाे समयमा लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरुष मल्लले सञ्चालन गरेका इन्क ट्याटुमा ट्याटु खोपाउन जानुभएको थियो । त्यहाँ अरूले पनि ट्याटु खोपिरेहका बेला उहाँ पालो कुरिरहनुभएको थियो । पालो कुर्दाकुदै खड्का बेहोस भएर एकैछिनमा ज्यान गएको प्रहरीले जनाएको छ ।
खड्का दमका समेत बिरामी रहेका र धेरै जाँड–रक्सी खाने गरेका पाइएको छ । उहाँको पोस्टमार्टमका लागि शव काठमाण्डौ मेडिकल कलेजमा राखिएको छ । शव पोस्टमार्टमपछि मात्रै ज्यान जानुको कारण थाहा हुने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।