सीमा विवादबारेको धारणा नेपाल सरकारलाई जानकारी गराइसकिएको छ : भारतीय दूतावास

 माघ १, २०७८ शनिबार १९:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालसँगको सीमा विवादबारे भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

काठमाण्डौमा रहेको भारतीय दूतावासले आज प्रेस नोटमार्फत नेपाली भूमि लिपुलेकमा भइरहेको संरचना निर्माणबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । 

नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।

यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भइरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ । 

गएको डिसेम्बर ३० मा हल्द्वानीमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्न सहज बनाउन पहल गरिरहेको र सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो ।

साथै सन् २०२२ को अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भइरहेको अभिव्यक्ति दिनुभएको थियो । मोदीको यो अभिव्यक्तिलाई लिएर सत्तारुढ दल कांग्रेस, मुख्य प्रतिपक्ष दल नेकपा एमालेसहितका विभिन्न दलले आपत्ति जनाएका छन् ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया