अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - चितवन र कैलालीमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै पुगेको छ ।
योसँगै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला आठ पुगेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी र कास्कीमा पहिलेदेखि नै सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । सबैभन्दा धेरै काठमाण्डौमा नौ हजार ६१ जना सक्रिय सङ्क्रमित छन् ।
देशभर २१ हजार ५ सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गर्न र खोप नलगाएको भए लगाउन मन्त्रालयको अनुरोध छ ।
नेपालमा अहिलेसम्म २ करोड ७९ लाख ११ हजारभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । यसमध्ये १ करोड ५८ लाख १४ हजार ३ सय ८३ जनाले खोपको पहिलो मात्रा र १ करोड २० लाख ९६ हजार ८ सय ५ जनाले दुवै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।