मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

 माघ २, २०७८ आइतबार ९:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १४ टन मानवीय सहायता सामग्रीसहित टोली त्यसतर्फ गएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्याराेमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको जानकारी दिनुभयो ।

सहयोग सामग्री बोकेको विमान अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली नागरिकका तर्फबाट अफगानी नागरिकलाई पठाइएको हो ।

नेपालको इतिहासमा पहिलो पटक यसरी विमानमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको मन्त्री खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया