काठमाण्डौमा आजदेखि बुस्टर डोज, १७ ठाउँबाट लगाउन पाइने

 माघ ३, २०७८ सोमबार ७:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौका १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।

हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै हिजो सुरु हुन सकेन ।

तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाण्डौका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ। 

काे-काेले पाउँछन् ?

अन्तिम अपडेट: बैशाख १३, २०८१

2 Comments

  • Rajendra

    Jan. 17, 2022, 12:30 p.m.

    ठाउँ त छेै त

  •  0 Reply
  • Narayan Sapkota

    Jan. 17, 2022, 11:46 a.m.

    कुन कुन ठाउंमा पाइन्छ ? सहकारीमा काम गर्नेले लगाउन पाउँछ कि नाइँ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया