अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा साथीसाथीबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सामान्य विवादमा कैँची प्रहार गर्दा काठमाण्डौको मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका २७ वर्षका रोशन रिजालको ज्यान गएको चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
घाइते एक जनाको उपचार भैरहेको छ । हत्यामा संलग्न दुई जना दाजुभाई अनुज र अशोक बस्नेतलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । एक जनालाई हिजो र एकजनालाई आज पक्राउ गरिएको हो ।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।