उडिरहेकाे गुण एअरलाइन्सको जहाजकाे ढाेका खुलेको विषयमा छानविन गर्न समिति गठन

 माघ ४, २०७८ मंगलबार १७:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उडीरहेको बेला आकासमै गुण एअरलाइन्सको जहाजको ढाेका खुलेको विषयमा छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधीराम न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । समितिले भोलि बुधवारबाट आफ्नो काम थाल्ने समितिका संयोजक तथा क्याप्टेन न्यौपानेले जानकारी दिनुभयो । 

यही माघ २ गते काठमाण्डौबाट पोखरा जाने क्रममा आकासमा जहाजको अकस्मात झयाल खुलेपछि पुनः काठमाण्डौ फर्काइएको थियो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया