सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति हल्का पानी पर्ने

 माघ ५, २०७८ बुधबार ७:२९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज दिउँसाेको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा भने आज हिजो जस्तै घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

यतिबेला भने काठण्माडौसहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । अहिलेको हुस्सु, कुहिरो बिस्तारै हट्दै  जाने र दिउँसाे घाम लाग्ने मौसमविद्को भनाइ छ ।

तराईका जिल्लामा भने बाक्लो हुस्सु, कुहिरोका कारण अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया