अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो ।
अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ । शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन् । तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलको सुझाव छ ।
पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने उहाँले बताउनुभयो । विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डाक्टर पोखरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
USB Business
Jan. 19, 2022, 2:18 p.m.के काे निशुल्क ? सरकारि टेेकुमा १००० तिर्नु पर्छ । हावा लेख्ने ??