पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

 माघ ५, २०७८ बुधबार १६:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार चार सय नौ जनाको नमूना परीक्षण गर्दा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो दैनिक विवरण अनुसार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो । यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् । थप चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २०, २०७८

तपाईको प्रतिक्रिया