पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

 माघ ६, २०७८ बिहीबार ६:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । 

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । एलपी ग्याँसमा अत्यधिक घाटा भए पनि ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ । 

पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

विज्ञप्ति :

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • kishor lama

    Jan. 20, 2022, 11:20 a.m.

    पटक पटक मुल्य वृद्धि गरेर जनताको दैनिक जिवन धरासायी बनाउने नेपाल आयल निगम को गैर जिम्मेवारपुर्ण व्यबहार ,र यसलाई टुलुटुलु हेरेर बस्ने लाचार सरकार प्रती म एक जना सचेत नागरिक को पक्ष बाट घोर आपत्ती र भर्त्सना गर्न चाहन्छु !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया