अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीले स्टिकर अभियान सुरु गरेकाे छ ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको हाे । काठमाण्डौ मल अगाडि गाडीमा स्टिकर टाँसेर अभियान सुरु गरिएकाे छ । अभियान सुरु गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पूर्ण पालना गर्न अनुरोध गर्नु भयो ।
उहाँले 'ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना' भन्ने मूल अभिप्रायका साथ सुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक प्रहरीलेअनिवार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउने र मास्क वितरण समेत गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।