मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

 माघ ७, २०७८ शुक्रबार ११:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ ।

परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो ।

यही माघ २ गतेदेखि इञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।

स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिइ पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया