काष्ठकलाको ४५ दिने तालिम सञ्चालन

 माघ ७, २०७८ शुक्रबार १६:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ ।

काठमाण्डौ महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा गत पुस ८ गतेदेखि ४५ दिने काष्ठकला विधामा प्रशिक्षण तालिम काठमाण्डाैको राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको हो । प्रशिक्षणको मुख्य उदेश्य नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवद्र्धन गर्ने रहेको छ । काष्ठकला तालिमका प्रशिक्षक राजआनन्द शिल्पकारले काठमाण्डाै उपत्यकामा २०७२ सालकोे महाभूकम्पले भत्काएका मौलिक कलाकृतिको मर्मत गर्नको लागि कलाकारको आवश्यकता परेकाले काष्ठकला विधामा प्रशिक्षण दिइएको बताउनु भयो । उहाँले काष्ठकला तालिमले युवाहरुलाई रोजगारी दिने र कलाकृतिको पनि संरक्षण हुने बताउनु भयो । काष्ठकला प्रशिक्षण तालिममा अहिले २३ जना परीक्षार्थी रहेका छन ।

काष्ठकला प्रशिक्षणमा सहभागी सुमन स्थापितले ४५ दिने तालिमले काष्ठकला विधाको कोर्ष पूरा नहुने बताउनु भयो । उहाँले कोर्ष पूरा नहुने भएकाले महानगर र महासंघले तालिमको समय थप गर्नु पर्ने बताउनु भयो । स्थापितले काष्ठकला आफ्नो पुर्खाैली पेशा भएकाले पनि तालिम लिएर लोप हुँदै गएको कलालाई संरक्षण गर्नको  लागि सहभागी भएको बताउनु भयो ।

काष्ठकलाको संरक्षण गर्नको लागि भए पनि नयाँ पुस्तालाई काष्ठकलाको तालिम दिनुपर्ने आवश्यकता रहेको प्रशिक्षार्थीहरुले बताएका छन् । उहाँले पुरानो पुस्ताले अब काष्ठकला संरक्षणको जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने सुझाव दिनु भयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया